बढ्यो सेयर बजार, कारोबार रकम ६ अर्ब ५७ करोड 

नेपालभ्युज

बढ्यो सेयर बजार, कारोबार रकम ६ अर्ब ५७ करोड 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा वृद्धि भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढेर २६०७ दशमलव ९९ को विन्दुमा पुगेको छ ।

सोमबार ३११ कम्पनीका ७४ हजार ४०३ पटकको कारोबारमा १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

११८ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । आज रिभर फल्समा लगानीकर्ताहरू झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved