वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा थप एक महिला पक्राउ

नेपालभ्युज

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा थप एक महिला पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा थप एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भइ हाल काठमाडौं महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षिया शितल भन्ने सितादेवी राई छिन् ।

माघ २ गते काठमाडौं जिल्ला अदालतको परिसरमा त्रिपाठीमाथि आक्रमण भएको थियो ।

सो घटनामा अहिलेसम्म राईसहित तीन जना पक्राउ परेका छन् । यसअघि ललितपुरको टीकाथली बस्ने ललित केसी र हुम्ला अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महानन्द जैसी पक्राउ परेका थिए ।

पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved