काठमाडौं । गायिका ज्योती मगरले समीक्षा अधिकारीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी छन् ।
जसमा मगरले नेपालको एअरपोर्ट, एअरलाइन्सहरूको बारेमा बुझेर मात्र टिप्पणी गर्न र आफूलाई भयङ्कर ठूलो व्यस्त कलाकार नदेखाउन भनेकी छन् ।
आइतबार गायिका अधिकारीले श्री एअरलाइन्सको लापरबाहीको कारण आफ्नो कार्यक्रम छुटेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेकी थिइन् ।

सोही विषयलाई लिएर मगरले यस्तो जवाफ दिएकी हुन् । उनले लेखेकी छन्, ”भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकारहरू आज भोलि अधिकांश एयरलाइन्सलाई गाली गर्दै आक्रोश पोख्दै आफूलाई भयङ्कर ठुलो स्टार सम्झेको देख्दा मलाइ हाँसो उठ्छ बरै…नेपालको एयरपोर्ट एयरलाइन्सहरू को बारेमा बुझ पाखेहरू कुनै पनि एयरलाइन्सहरूले जानी जानी दुख दिँदैनन् एयरपोर्ट सानो छ अन्तर्राष्ट्रिय उडानदेखि डोमेस्टिक उडान एउटै रनवेमा हुन्छ ।”
उनले त्यसअघि लेखिन्, ”साझा बस चढेर ड्राइभरलाई बस स्टाफलाई मनलागि गाली गर्या जस्तो होइन…फलानो एयरलाइन्स ठिक छ फलानो एयरलाइन्स धोकेबाज भन्दै मनघणन्ते फाल्तु कुरा गर्नु बेकुफी हो । प्रिय कलाकारहरू आजभोलि एउटा नियम छ एयरपोर्ट भित्र जहाजको वरिपरि फोटो खिच्न पाइँदैन पिलेनतिर फर्केर फोटो खिचेर आफूलाई भयङ्कर ठुलो व्यस्त कलाकार नदेखाउनु होला । कलाकार हुनु भन्दा अगाडि नियम कानुन पालना गर्ने सभ्य नागरिक बनौँ धन्यवाद तोर्पे ज्युहरू ।”
Facebook Comment
Comment