बार्सिलोना ‘रेलिगेसन जोन’ नजिकको गेटाफेसँग बराबरीमा रोकियो

नेपालभ्युज

बार्सिलोना ‘रेलिगेसन जोन’ नजिकको गेटाफेसँग बराबरीमा रोकियो

काठमाडाैं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा तुलनात्मक सानो टोली गेटाफेसँग बराबरीमा रोकिएको छ ।

२७ पटकको ला लिगा विजेता बार्सिलोना शनिबार राति रेलिगेसन जोन नजिकको गेटाफेसँग १–१ गाेलको बराबरीमा रोकिएको हो ।

गेटाफेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि जुलेस काउन्डेले गोल गरे । गरटाफेका मौरो अराम्बारीले बराबरी गोल फर्काए ।

खेलमा अग्रता बार्सिलोनाले लिएको थियो । नवौं मिनेटमा काउन्डेले गोल गर्दै अग्रता दिलाएका हुन् । तर ३४औं मिनेटमा गेटाफेका माउरो अराम्बारीले गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।

यससँगै २० खेलबाट ३९ अंक जोडेको बार्सिलोना तालिकामा तेस्रो स्थानमा छ । बार्सिलोना एक खेल कम खेलेको दोस्रो स्थानको रियल म्याड्रिड ४ र शीर्ष स्थानको एट्लेटिको म्याड्रिडको भन्दा पाँच अंकले पछि छ ।

यता गेटाफे भने २० अंकसहित लिगको १६औं स्थानमा छ । यो रेलिगेसन जोनभन्दा मात्र दुई स्थान माथि हो ।

यसअघि एट्लेटिको लेगानेससँग १–० ले पराजित भएको थियो । अर्को खेलमा अल्भेसले रियल बेटिसलाई ३–१ हराएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved