पाकिस्तानमा सैन्य कारबाहीमा पाँच विद्रोही मारिए

नेपालभ्युज

पाकिस्तानमा सैन्य कारबाहीमा पाँच विद्रोही मारिए

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सैन्य कारबाहीमा पाँच विद्रोही मारिएको सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)का अनुसार सुरक्षा बलहरूले विद्रोहीहरूको उपस्थितिको सूचनामा प्रान्तको खैबर जिल्लामा अपरेशन सुरु गरेको हो । अपरेशनको सञ्चालनको क्रममा पाँच विद्रोही हरू मारिएको र एकलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

आईएसपीआरका अनुसार विद्रोहीहरूबाट ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद गरिएको थियो, जो सुरक्षा बलहरू विरुद्ध आतङ्ककारी गतिविधि र सर्वसाधारणको हत्यामा सक्रिय रूपमा संलग्न थिए ।

यस क्षेत्रबाट अन्य आतङ्ककारीहरूको उपस्थितिलाई हटाउन क्लियरेन्स अपरेसन सञ्चालन भइरहेको बताइएको छ ।

सेनाले देशबाट आतङ्कवादको खतरा हटाउन प्रतिबद्ध रहेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved