चीनमा ६५ वटा वनस्पतिको खोजी, ४० नयाँ प्रजाति

नेपालभ्युज

चीनमा ६५ वटा वनस्पतिको खोजी, ४० नयाँ प्रजाति

कुन्मिङ । चीनको राष्ट्रिय वनस्पति जर्मप्लाज्म रिसोर्स सेन्टरले सन् २०२४ मा ६५ वटा नयाँ वनस्पति पत्ता लगाएको छ । यसमध्ये ४० नयाँ प्रजाति थिए ।

४५ प्रतिशत वनस्पति खोजी दक्षिणपश्चिम चीनको युनान प्रान्त र सिजाङ स्वायत्त क्षेत्रमा गरिएको केन्द्रले जनाएको छ ।

यसले यीमध्ये केही वनस्पति प्रजातिलाई सङ्कलन र संरक्षण गरेको छ । चीनले जङ्गली वनस्पति स्रोतको संरक्षण र विस्तार प्रविधिमा थप अनुसन्धान गर्नेछ ।

सन् २०१७ मा स्थापित, नेशनल वाइल्ड प्लान्ट जर्मप्लाज्म रिसोर्स सेन्टर चाइनिज एकेडेमी अफ साइन्सेसको कुन्मिङ इन्स्टिच्युट अफ वनस्पति विज्ञानद्वारा निर्माण र सञ्चालन गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved