रुकुम पश्चिममा रुखले किचेर एक जनाको मृत्यु, अर्का एक घाइते

नेपालभ्युज

रुकुम पश्चिममा रुखले किचेर एक जनाको मृत्यु, अर्का एक घाइते

त्रिवेणी । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा रुखले किचेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

घर निर्माणमा प्रयोग हुने रुख काट्न गएको बेला रुखले किचेर शुक्रबार आठबीसकोट–१० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाहीको मृत्यु भएको वडाध्यक्ष गणेशकुमार शाहले जानकारी दिए । शाहीको घटनास्थलमै मृत्यु भएको हो ।

उनले सोही वडाका ३५ वर्षीय प्रेमराज कुसारी घाइते भएकाे बताउँदै उनको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

शाही  र कुसारी विद्युतीय रुख काट्ने उपकरण (आरा मेसिन) प्रयोग गरेर घरमा प्रयोग हुने दार बनाउन जङ्गल गएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved