काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालबाहेक एकीकृत समाजवादीका सबै नेतालाई पार्टीमा स्वागत गर्ने बताएका छन् ।
प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीसहितका पत्रकारलाई शुक्रबार प्रेस चौतारी नेपालमा भित्र्याउँदै पोखरेलले एमाले फुटाएर माधव नेपालले ठूलो गल्ती गरेको भन्दै उनका लागि ढोका खुला नभएको बताएका हुन् ।
माधवले एमालेबाट अलगिएर जीवनको सबैभन्दा ठूलो भुल गरेकोसमेत उनले बताए । नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेला बखतमा दुर्घटना हुने गरेको उनको भनाइ छ । त्यही दुर्घटनामा माधव नेपाल पनि परेको पोखरेलले स्पष्ट पारे ।
एमालेभित्र लामो जीवन बिताएका र योगदान गरेका नेता कार्यकर्ताले आफ्नो भविष्य सुरक्षित गर्ने हो भने समाजवादीमा अल्मलिन नहुने उनले बताए ।
त्यस्तै, उनले सरकारले दल विभाजनको अध्यादेश ल्याउला र आफ्नो पार्टी सकिएला भन्ने चिन्ता माधव नेपाललाई भएको बताए ।
Facebook Comment
Comment