सुर्खेत । नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले ‘सुरक्षित यात्राका लागि स्मरण कार्यक्रम’ गरेको छ ।
कर्णाली प्रदेशमा हुने सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम राख्ने उद्देश्यले आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने मूल नाराका साथ ‘सुरक्षित यात्राका लागि स्मरण कार्यक्रम’ सुरु गरेको हो ।
माघ ३ गते बिहीबारदेखि कर्णालीका १० वटै जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत अस्थायी ट्राफिक प्रहरी पोस्टहरूमा यो कार्यक्रम सम्पन्न’ गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी हरिबहादुर बीसीले बताए ।
सवारी चालक र सह–चालकलाई लक्षित गरी ४७ स्थानमा प्रदर्शन तथा सचेतना कार्यक्रम गरिएको सूचना अधिकारी बीसीले जानकारी दिए ।
विशेषतः कार्यक्रममा सचेतनाका लागि कर्णाली प्रदेशका बढी सवारी दुर्घटना हुने स्थानहरूमा भएका सवारी दुर्घटनाका तस्वीर देखाइएको थियो ।
कार्यक्रममा जम्मा एक हजार दुई सय ४३ जनालाई सुरक्षित यात्राका विषयमा जानकारी दिइएको सूचना अधिकारी बीसीले बताए ।
Facebook Comment
Comment