ट्रम्पलाई डेनमार्ककी प्रधानमन्त्रीले भनिन् – स्वतन्त्रताबारे ग्रीनल्याण्डले निर्णय गर्छ

नेपालभ्युज

ट्रम्पलाई डेनमार्ककी प्रधानमन्त्रीले भनिन् – स्वतन्त्रताबारे ग्रीनल्याण्डले निर्णय गर्छ

काठमाडौं । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले ग्रीनल्याण्डको स्वतन्त्रताबारे उसैले निर्णय गर्ने बताएकी छन् ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोनवार्तामा फ्रेडरिकसेनले यस्तो बताएकी हुन् ।

ट्रम्पले डेनमार्कको स्वामित्वमा रहेको ग्रीनल्याण्ड किन्ने इच्छा व्यक्त गरिरहेको बेलामा फ्रेडरिकसेनको यस्तो प्रतिक्रियालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

साथै, फ्रेडरिकसेनले ग्रीनल्याण्ड बिक्रीका लागि नराखिएको स्मरण गराइन् । स्वतन्त्रताबारे ग्रीनल्याण्डले नै निर्णय गर्ने भनेर बुधबार विज्ञप्ति जारी गर्दै उनको कार्यालयले भनेको छ । ट्रम्पले जवाफमा के भने भनेर सो विज्ञप्तिमा खुलाइएको छैन ।

ट्रम्पको फ्रेडरिकसेनसँग सहज सम्बन्ध छैन । उनले पहिलो कार्यकालमा पनि ग्रीनल्याण्ड किन्ने भनेपछि फ्रेदेरिक्सनले त्यो बेतुकको कुरा भएको प्रतिक्रिया दिएकी थिइन् ।

त्यसपछि ग्रीनल्याण्डको प्रतिक्रिया छुच्चो र अनुपयुक्त भन्दै रिसाएका ट्रम्पले सन् २०१९ सेप्टेम्बरमा गर्ने भनिएको डेनमार्कको भ्रमण रद्द गरेका थिए ।

बारम्बार ग्रीनल्याण्ड बिक्रीका लागि नराखिएको भन्दै आएका ग्रीनल्याण्डका प्रधानमन्त्री मुटी एदले पनि सोमबार ट्रम्पसँग व्यापारबारे कुरा गर्न तयार रहेको बताएका थिए ।

ग्रीनल्याण्डका जनतालाई अमेरिकी नागरिक हुने चाहना नभएको भन्दै उनले ग्रिनल्यान्ड सुरक्षा र प्राकृतिक स्रोतका लागि अमेरिकासँग नजिकमा रहेर काम गर्न चाहन्छ भनेका थिए ।

गत साता ट्रम्पले डेनमार्कले ग्रीनल्याण्ड छोडेन भने उच्च कर लगाउने धम्की दिएका थिए ।

सम्बन्धित सामग्री –

यस्तो छ ट्रम्पले ग्रीनल्याण्डमाथि आँखा गाड्नुको कारण

अमेरिकाले ग्रीनल्याण्डमाथि आक्रमण गर्ला ? यी हुन् चार सम्भावना

ट्रम्पको आक्रामक विदेश नीति : क्यानडा, पानामा र ग्रीनल्याण्डमाथि ‘गिद्धे नजर’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved