सपिङ मलमा आगलागी, सात जनाको मृत्यु भएको आशंका

नेपालभ्युज

सपिङ मलमा आगलागी, सात जनाको मृत्यु भएको आशंका
प्रतीकात्मक तस्वीर ।

एजेन्सी । इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ आगलागी हुँदा सात जना बेपत्ता भएको प्रहरीले बिहीबार जनाएको छ।

घटना राति करिब ९ः२० बजे ग्लोडोक प्लाजामा भएको हो । तामनसरी जिल्लाको जनघनत्व बढी भएको स्थानमा आगलागी भएको र आगलागीको समयमा धेरै आगन्तुक मलमा रहेको बताइएको छ ।

सहरको दमकल विभागले सपिङ मलमा लागेको आगो निभाउन ४० भन्दा बढी दमकल र २०० दमकल र अग्नि नियन्त्रकहरू खटाएको छ ।

आगलागीको मुख्य कारणबारे अनुसन्धान गर्न दमकल र प्रहरीको टोली घटनास्थलमा रहेको नगर प्रहरीका प्रवक्ता आदे आर्य श्याम इन्द्रादीले स्थानीय पत्रकारहरूसँग बताए । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved