हुम्लामा बिहानैदेखि बाक्लो हिमपात

नेपालभ्युज

हुम्लामा बिहानैदेखि बाक्लो हिमपात

हुम्ला । सदरमुकाम सिमकोटमा हिमपात सुरु भएको छ ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको थियो । सदरमुकाम सिमकोटमा पनि हिउँ एक इन्चसम्म जमेको छ ।

नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको नाम्खा गाउँपालिका-६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ ।

यसवर्ष जिल्लामा पाँचौँ पटक हिमपात भएको हो । यसवर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved