१४औं सागका लागि पाकिस्तानले बोलायो बैठक

नेपालभ्युज

१४औं सागका लागि पाकिस्तानले बोलायो बैठक

काठमाडौं । पाकिस्तानी ओलम्पिक कमिटीका अध्यक्ष आरिफ सइदले १४औं दक्षिण एसियाली खेलकुद (साग)को आयोजनाका लागि फेब्रुअरी २५ र २६ मा बैठक बोलाएका छन् ।

बैठक पाकिस्तानको लाहोरमा हुने ओलम्पिक कमिटीले जानकारी दिएको छ ।

पाकिस्तानले नै अबको दक्षिण एसियाली खेलकुदको आयोजना पूर्व सहमतिअनुसार यही सन् २०२५ मा गर्दैछ । सइद दक्षिण एसियाली ओलम्पिक काउन्सिल एसएओसी पनि अध्यक्ष हुन् ।

बैठकमा प्रतियोगिताको आयोजना मिति, समावेश हुने खेल तथा आयोजना स्थलबारे छलफल हुने ओलम्पिक कमिटीले जनाएको छ ।

साथै, बैठकमा सहभागीलाई सम्भावित खेल स्थलको भ्रमण पनि गराइनेछ ।

सन् २०१९ मा नेपालमा १३औं दक्षिण एसियाली खेलकुदको आयोजना भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved