लन्चअघि आर्मीले गुमायो तीन विकेट

नेपालभ्युज

लन्चअघि आर्मीले गुमायो तीन विकेट

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबले दोस्रो इनिङ्समा लन्चअघि २७ रन बनाएको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा आर्मीले १० ओभरमा ३ विकेटको क्षतिमा २७ रन बनाएको हो । अब आर्मीलाई उपाधि जित्न ७६ रन आवश्यक छ ।

आर्मीका लागि इमरान शेख १४ र बसिर अहमद ६ रनमा अविजित छन् ।

पुलिसका लागि ललित राजवंशीले २ तथा सागर ढकालले १ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved