जय ट्रफी फाइनल:

उपाधिका लागि आर्मीलाई १०३ रनको लक्ष्य

नेपालभ्युज

उपाधिका लागि आर्मीलाई १०३ रनको लक्ष्य

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई नेपाल पुलिस क्लबले  १०३ रनको लक्ष्य दिएको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी फाइनल खेलको तेस्रो दिन पुलिस १३९ रनमा अलआउट भएको हो ।

यसअघि आर्मी आफ्नो पहिलो इनिङ्समा ३९.५ ओभरमा १७० रनमा अलआउट भएको थियो । यससँगै जितको लागि आर्मीले १०३ रनको लक्ष्य पाएको हो ।

पुलिसका लागि कुशल भूर्तेलले ४५ र दिलिप नाथले ३४ रन बनाए । पुलिसका अन्य खेलाडी चल्न सकेनन् ।

आर्मीका लागि साहब आलम र बसिर अहमदले ५–५ विकेट लिए । आमलले २५ ओभरमा ७५ रन खर्चे । सो क्रममा उनले ४ मेडन ओभर फाले ।

बसिरले २२.१ ओभरमा ४९ खर्चेर ५ विकेट लिए । सो क्रममा उनले ६ मेडन ओभर फाले ।

अहिले आर्मीले ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved