पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गर्दै कांग्रेस सभापति देउवा

नेपालभ्युज

पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गर्दै कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (बिहीबार) पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई छलफल गर्दैछन् ।

देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी १० मन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बोलाएका हुन् ।

सरकारमा सहभागी भएका केही मन्त्रीहरूको प्रभावकारितालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेकाले त्यस विषयमा आज छलफल हुने एक नेताले जानकारी दिए ।

साथै, पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले संसदीय दलको कार्यसमिति र मन्त्रीहरूबीच अन्तरक्रियाका लागि बैठक बोलाइएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved