काठमाडौं । इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि भएको सम्झौताप्रति दुवै पक्षले प्रतिक्रिया जनाएका छन् ।
हमासका मुख्य वार्ताकार खलील अल–हयाले युद्धका क्रममा गाजामा भएको पीडाका लागि आफूहरूले इजरायललाई माफ नगर्ने बताएका छन् ।
उनले इजरायल यस क्षेत्रमा आफ्नो सैन्य कारबाहीको लक्ष्य हासिल गर्न असफल भएको पनि टिप्पणी गरेका छन् ।
यता इजरायलका राष्ट्रपति इसाक हर्जोगले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनको वार्ता टोलीले यस सम्झौतालाई अन्तिम रूप दिनको प्रयासलाई समर्थन गर्ने बताएका छन् ।
उनले यसलाई स्वीकार गर्न मन्त्रिपरिषद् र सरकारलाई आग्रह गरेको बीबीसीको समाचारमा उल्लेख छ ।
‘इजरायली मन्त्रिपरिषद्ले मतदानमार्फत सम्झौता अनुमोदन गर्नुपर्छ,’ हर्जोगले भने ।
Facebook Comment
Comment