बढाइएको पेट्रोल र डिजेलको मूल्य आज बिहानैदेखि लागू

नेपालभ्युज

बढाइएको पेट्रोल र डिजेलको मूल्य आज बिहानैदेखि लागू

काठमाडौं । नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य आज (बिहीबार) बिहानैदेखि लागू भएको छ ।

बिहान १२ बजे १ मिनेट जाँदादेखि मूल्य वृद्धिको नियम लागू भएको निगमले जनाएको छ ।

बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेलमा प्रतिलिटर ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको थियो ।

इन्डियन आयल कर्पोरेशनबाट बुधबार पेट्रोलमा २.२४ र डिजेलमा ३.५५ रुपैयाँले मूल्य बढेर आएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

योसँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ पुगेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved