क्यूएफएक्सका हलमा साना बालबच्चा लैजान नपाइने

नेपालभ्युज

क्यूएफएक्सका हलमा साना बालबच्चा लैजान नपाइने

काठमाडौं । क्यूएफएक्स चेनका हलमा २.५ फिटभन्दा साना बालबच्चाले प्रवेश नपाउने भएका छन् । बुधबार एक सूचना जारी गर्दै यो मल्टिप्लेक्स चेनले यस्तो निर्णय गरेको हो ।

हलमा तोकिएको उचाइभन्दा अग्ला वृद्धदेखि बालकसम्मका दर्शकलाई भने तोकिएको टिकट दर लागू हुने जनाएको छ ।

सूचनामा भनिएको छ, ‘२.५ फिटभन्दा मुनिको बालबालिकालाई सिनेमा घर भित्र प्रवेश निषेध गरिएको छ ।’

साना बालबच्चाको स्वास्थ्य र हलभित्रको मनोरञ्जनको वातावरणलाई ख्याल गरेर साना बालबच्चालाई प्रवेशमा रोक लगाइएको क्यूएफएक्सका बजार प्रमुख सुलभ कक्षपतिको भनाइ छ ।

उनले हलभित्र हावाको समस्या हुने, अँध्यारो वातावरणले साना बालबच्चालाई असर पर्ने भएकाले प्रवेशमा रोक्ने निर्णय गरेको बताए । काखे बच्चालाई हलभित्र लैजाँदा अन्य दर्शकबाट मनोरञ्जनको वातावरण नभएको गुनासो पनि आएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved