रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं अदालतको आदेश

नेपालभ्युज

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं अदालतको आदेश

काठमाडौं । सहकारी ठगी प्रकरणको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार सो आदेश दिएको हो ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको थियो ।

यसअघि जिल्ला अदालत कास्कीले पनि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved