सामान्य अङ्कले बढ्यो सेयर बजार 

नेपालभ्युज

सामान्य अङ्कले बढ्यो सेयर बजार 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १ दशमलव ८३ अङ्कले बढेर २५९५ दशमलव ९६ को विन्दुमा पुगेको छ ।

बुधबार २९९ कम्पनीका ६३ हजार ३७४ पटकको कारोबारमा १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ८२ करोड ४९ लाख ४ हजार १३४ रुपैयाँ रहेको छ ।

आज १२४ कम्पनीको सेयर मूल्य बढ्दा १०८ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ । ६ वटा उपसमूह राताम्मे हुँदा अन्यमा हरियाली छाएको छ ।

डोल्टी पावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा एनआरएन इन्फ्रास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved