आफूविरुद्ध मुद्दा चलाउन ईडीले अनुमति पाएपछि के भन्छन् केजरीवाल ?

नेपालभ्युज

आफूविरुद्ध मुद्दा चलाउन ईडीले अनुमति पाएपछि के भन्छन् केजरीवाल ?

काठमाडौं । दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले आफूविरुद्ध मदिरा नीतिमा कथित मनी लान्ड्रिंगको मामलामा मुद्दा चलाउन गृह मन्त्रालयले ईडीलाई दिएको अनुमतिमा प्रतिक्रिया दिएका छन् ।

आम आदमी पार्टीका राष्ट्रिय संयोजकसमेत रहेका केजरीवालले समाचार एजेन्सी एएनआईसँग भने, ‘उनीहरू यसरी चुनाव लडिरहेका छन्, हामी यसरी चुनाव लडिरहेका छौँ ।’

केजरीवाल गत वर्ष यस मामिलामा पक्राउ परेका थिए ।

समाचार एजेन्सी पीटीआईकाअनुसार केन्द्रीय गृह मन्त्रालयले केजरीवाललाई अन्तःशुल्क नीतिसँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा मुद्दा चलाउन ईडीलाई स्वीकृति दिएको छ ।

आम आदमीका प्रवक्ताले यो पार्टीलाई बदनाम गर्ने प्रयास भएको बताएका छन् ।

दिल्लीमा आउने फेब्रुअरी ५ मा विधानसभा चुनाव हुँदैछ । त्यसको २० दिनअघि गृह मन्त्रालयले केजरीवालविरुद्ध मुद्दा चलाउन स्वीकृत दिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved