पाँच महिनामा वाणिज्य बैङ्कको नाफा ३० अर्बमाथि, नम्बर वानमा नबिल

नेपालभ्युज

पाँच महिनामा वाणिज्य बैङ्कको नाफा ३० अर्बमाथि, नम्बर वानमा नबिल

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा वाणिज्य बैङ्कहरूले ३० अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् ।

राष्ट्र बैङ्कले सार्वजनिक गरेको मङ्सिरसम्मको तथ्यांकअनुसार वाणिज्य बैङ्कहरूले ३० अर्ब २४ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

हाल सञ्चालनमा गरेका २० वटा वाणिज्य बैङ्कहरूमध्ये कृषि विकास बैङ्क घाटामा गएको छ भने बाँकी १९ वटा बैङ्कले नाफा कमाएका छन् ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १३ वटा बैङ्कले नाफा बढाउन सफल भएका छन् भने बाँकीको घटेको छ । अघिल्लो वर्ष यही अवधिसम्म वाणिज्य बैङ्कहरूले २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैङ्कहरूको नाफा ६.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउने वाणिज्य बैङ्कमा नबिल बैङ्क रहेको छ । बैङ्कले चालु आवको मङ्सिरसम्म ३ अर्ब ४९ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, समीक्षा अवधिमा सबैभन्दा कम कमाउने वाणिज्य बैङ्कमा एनआईसी एशिया बैङ्क रहेको छ । सो अवधिमा बैङ्कले ६३ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै, समीक्षा अवधिमा कृषि विकास बैङ्क ३५ करोड २४ लाख रुपैयाँ घाटामा रहेको छ ।

समीक्षा अवधिमा ग्लोबल आइएमई बैङ्कले २ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले २ अर्ब ४९ करोड १० लाख रुपैयाँ, कुमारी बैङ्कले १ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ, प्राइम कमर्सियल बैङ्कले १ अर्ब ९६ करोड ८९ लाख रुपैयाँ, एभरेस्ट बैङ्कले १ अर्ब ९४ करोड २ लाख रुपैयाँ, एनएमबी बैङ्कले १ अर्ब ९० करोड ६४ लाख रुपैयाँ, प्रभु बैङ्कले १ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैङ्कले १ अर्ब ६४ करोड ७ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यस्तै, सो अवधिमा नेपाल बैङ्कले १ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले १ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ र नेपाल एसबीआई बैङ्कले १ अर्ब ३४ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

त्यस्तै, चालु आर्थिक वर्षको मङ्सिरसम्म हिमालयन बैङ्कले १ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ, सिद्धार्थ बैङ्कले ९७ करोड ९० लाख रुपैयाँ, सानिमा बैङ्कले ९० करोड ४१ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैङ्कले ८६ करोड ७१ लाख रुपैयाँ, माछापुच्छ्रे बैङ्कले ८२ करोड ७४ लाख रुपैयाँ, सिटिजन्स बैङ्कले ६९ करोड ४९ लाख रुपैयाँ नाफा कमाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved