रवि फेरि हिरासतमै

नेपालभ्युज

रवि फेरि हिरासतमै

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि न्यायिक हिरासतमा फर्काइएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।उनलाई आइतबार पनि काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।

अदालतमा सोमबार जाहेरवाला र सरकारी वकिलको बहस सकिएको छ । समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने आज बहस हुन सकेन । अब पर्सी बहसलाई निरन्तरता दिइनेछ । उनीहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।

स्वर्णलक्ष्मी सहकारीको रकम सङ्गठित तवरले ठगी गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved