परराष्ट्रमन्त्री भन्छिन् – विपिन सकुशल हुनुहुन्छ, रिहाइको लागि कतारका विदेशमन्त्रीसँग कुरा गर्दैछु

नेपालभ्युज

परराष्ट्रमन्त्री भन्छिन् – विपिन सकुशल हुनुहुन्छ, रिहाइको लागि कतारका विदेशमन्त्रीसँग कुरा गर्दैछु

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको र फर्केर स्वदेश आउने विश्वास व्यक्त गरेकी छन् ।

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा उनले यस्तो बताएकी हुन् ।

विपिन रिहाइको पहलका निम्ति फेरि कतारलाई आग्रह गर्न लागिएको उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइको लागि भोलि कतारका विदेशमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्ने कार्यक्रम छ । विपिन सकुशल हुनुहुन्छ भन्ने आशा छ, उहाँ रिहा हुनुहुन्छ भन्ने विश्वास पनि छ ।’

उनले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन यसअघि नै आग्रह गरेकी थिइन् ।

सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेको थियो । त्यसक्रममा १० नेपाली विद्यार्थीसहित करिब १२ सय जनाको मृत्यु भएको थियो । विपिनसहित करिब २५० जनालाई हमासले बन्धक बनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved