रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो स्पेनिस सुपरकपको १५औं उपाधि

नेपालभ्युज

रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो स्पेनिस सुपरकपको १५औं उपाधि

काठमाडौं । चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपरकप फुटबलको उपाधि जितेको छ ।

बार्सिलोनाले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर रियलमाथि ५–२ गोल अन्तरको सानदार जित दर्ता गरेको हो ।

यससँगै बार्सिलोना कीर्तिमानी १५औं पल्ट स्पेनिस सुपरकपको उपाधि जित्न सफल भएको छ । बार्सिलोनाले प्रशिक्षक हान्सी फ्लिक आएयता पहिलो उपाधि जितेको हो ।

साउदी अरेबियाको जेद्दामा आइतबार राति भएको खेलमा रियलले केलियन एमबाप्पेको गोलमा अग्रता लिएको थियो ।

उनले खेलको पाँचौं मिनेटमा नै गोल गरेका थिए । त्यसपछि लामिन यमालले बार्सिलोनाका लागि २२औं मिनेटमा बराबरी गोल फर्काए ।

त्यसपछि रोबर्ट लेवनडोस्कीले ३६औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । यसपछि बार्सिलोनाका लागि राफिन्हाले ३९औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

पहिलो हाफको अन्त्यतिर एलेजान्ड्रो ब्लाडेले गोल गर्दै बार्सिलोनालाई ४–१ ले अघि बढाए । राफिन्हाले ४८औं मिनेटमा गोल गरेर अग्रता झनै फराकिलो बनाए ।

रोड्रिगोले खेलमा ६०औं मिनेटमा रियलका लागि एक गोल फर्काए । यसअघि ५६औं मिनेटमा गोलकिपर वोजसिच सेज्नीले रातो कार्ड खाँदा बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । तर पनि त्यसले बार्सिलोनामाथि थप दबाब सिर्जना गर्न सकेन ।

यो सिजनको एल क्लासिकोकोमा बार्सिलोनाको यो दोस्रो जित हो । यसअघि बार्सिलोनाले रियललाई ला लिगाको खेलमा उसको घरेलु मैदान बर्नाबाउमा नै ४–० ले हराएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved