दोस्रो इनिङ्समा बागमतीले बनायो बलियो स्कोर, लक्ष्य पछ्याउँदै पुलिस

नेपालभ्युज

दोस्रो इनिङ्समा बागमतीले बनायो बलियो स्कोर, लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटले नेपाल पुलिस क्लबविरुद्ध बागमती प्रदेशले २१८ रन बनाएको छ ।

जनकपुरस्थित रामजानकी मल्टिपर्पस स्टेडियममा जारी खेलमा दोस्रो दिन बागमती आफ्नो दोस्रो इनिङ्समा ५३ ओभरमा २१८ रन बनाएको हो । यससँगै बागमती ११५ रनले अगाडि रहेको छ ।

यसअघि बागतमीले आफ्नो पहिलो इनिङ्समा ३३.२ ओभरमा ११२ रनमा अलआउट भएको थियो ।

बागमतीका लागि रित गौतम र शुभ कंशाकारले अर्धशतकीय पारी खेले । शुभले ७४ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ७० रन बनाए । रितले ९३ बलमा ८ चौका प्रहार गर्दै ५२ रन बनाए ।

उत्तम मगरले १४ रन बनाए । कप्तान सन्दीप लामिछानेले १६, उत्तम मगरले १४, प्रतिक श्रेष्ठले १३ र नन्दन यादवले १० रन बनाएका छन् ।

पुलिसका लागि ललित राजवंशीले ३ विकेट लिए । उनले २० ओभरमा ५९ रन खर्चे । सो क्रममा उनले ६ मेडन ओभर फाले ।

सर्वन यादवले २ तथा गुल्शन झा, राशिद खान, प्रेम तामाङ र कुशल भूर्तेलले १–१ विकेट लिए ।

अहिले पुलिसले जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved