जय ट्रफी

लन्चअघि कमब्याक गर्दै बागमती, आर्मीविरुद्ध मधेस २३ रनले पछि

नेपालभ्युज

लन्चअघि कमब्याक गर्दै बागमती, आर्मीविरुद्ध मधेस २३ रनले पछि

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको दोस्रो दिनको खेलमा नेपाल पुलिस क्लबविरुद्ध बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबविरुद्ध मधेस प्रदेशले ब्याटिङ गरिरहेको छ ।

जनकपुरस्थित रामजानकी मल्टिपर्पस स्टेडियममा जारी खेलमा बागमतीले आफ्नो दोस्रो इनिङ्समा लन्चअघि ३७ ओभरमा ५ विकेटको क्षतिमा १६७ रन बनाएको छ । यससँगै बागमती ६४ रनले अघि लागेको छ ।

पहिलो इनिङस्‌मा ११२ रनमा अलआउट भएको बागमतीले दोस्रो इनिङ्समा बलियो कमब्याक गरेको छ ।

बागमतीका लागि रित गौतम र शुभ कंशाकारले अर्धशतकीय पारी खेले ।

शुभले ७४ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ७० रन बनाए । रितले ९३ बलमा ८ चौका प्रहार गर्दै ५२ रन बनाए । उत्तम मगरले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।

अहिले बागमतीका लागि प्रतिक श्रेष्ठ १२ र नन्दन यादव ७ रनमा अविजित छन् ।

पुलिसका लागि सर्वन यादवले २ तथा गुल्शन झा, ललित राजवंशी र राशिद खानले १–१ विकेट लिएका छन् ।

यस्तै, वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा आर्मीविरुद्ध मधेसले लन्चअघि १०० रन बनाएको छ ।

मधेसले आफ्नो दोस्रो इनिङ्समा ३९ ओभरमा ५ विकेटको क्षतिमा १०० रन बनाएको हो । यससँगै मधेस २३ रनले पछाडि छ ।

मधेसका लागि मयन यादवले ४९ रन बनाए । निरज यादवले १७ र हिमान्शु दत्त ११ रनले बनाए ।

अहिले कप्तान हरिशङ्कर शाह १३ र प्रदिप पास्वान शून्य रनमा अविजित छन् ।

आर्मीका लागि साहब आलमले ३ तथा आकाश चन्द र बसिर अहमदले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved