महिला टी-२० त्रिकोणात्मक सिरिजका नेदरल्याण्ड्सको टोली घोषणा

नेपालभ्युज

महिला टी-२० त्रिकोणात्मक सिरिजका नेदरल्याण्ड्सको टोली घोषणा

काठमाडौं । महिला टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजका लागि नेदरल्याण्ड्सले आफ्नो टोली घोषणा गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजका लागि नेदरल्याण्ड्स क्रिकेट बोर्डले बेबेटी डि लिडेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

सिरिज माघ १७ देखि २५ गते (जनवरी ३० देखि फेब्रुअरी ७)सम्म हुनेछ । सिरिजमा नेपाल र नेदरल्याण्ड्ससँगै थाइल्याण्ड पनि छ ।

सिरिजको खेल तालिकामाअनुसार नेदरल्याण्ड्सले आफ्नो पहिलो खेलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

सिरिजमा सहभागी टोलीले एक अर्का ३ पटक खेल्नेछ । अङ्कतालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved