ट्रम्पको शपथ समारोहका लागि बोइङ र गुगलले दिए १०/१० लाख डलर

नेपालभ्युज

ट्रम्पको शपथ समारोहका लागि बोइङ र गुगलले दिए १०/१० लाख डलर

काठमाडौं । अमेरिकी विमान कम्पनी बोइङले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहका लागि १० लाख अमेरिकी डलर दान गर्ने भएको छ ।

बोइङका साथै गुगल र माइक्रोसफ्टले पनि त्यति नै रकम दान गरेको बीबीसीले जनाएको छ ।

यसरी दान गर्नेमा तेल उत्पादक कम्पनी शेभरन र मेटा, अमेजन र उबरलगायत धेरैवटा अमेरिकी कम्पनी छन् ।

डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको शपथ खाँदै छन् । यो उनको दोस्रो कार्यकाल हो ।

‘हामी अमेरिकी राष्ट्रपतिको शपथ समारोहलाई समर्थन गर्ने बोइङको द्विदलीय परम्परालाई निरन्तरता दिन पाउँदा खुसी छौँ,’ बोइङले भनेको छ ।

कम्पनीले पछिल्ला तीन राष्ट्रपतिको शपथमा पनि यस्तै दान गरेको जनाएको छ ।

कार कम्पनीहरू फोर्ड, जनरल मोटर्स र टोयोटाले पनि १०/१० लाख डलर दान गरेको बीबीसीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved