सिंहदरबारमा प्रचण्ड, माधव र लिङ्देनबीच भेट

नेपालभ्युज

सिंहदरबारमा प्रचण्ड, माधव र लिङ्देनबीच भेट

काठमाडौं । सिंहदरबारमा प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच छलफल भएको छ ।

शुक्रबार दिउँसो प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

विपक्षी दलहरुले संसद्‌को अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउने तयारी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved