काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी यूएई उडेका छन् ।
यूएईमा आयोजना हुने आईएल टी-२० मा सहभागी हुन कुशल र दीपेन्द्र शुक्रबार यूएईतर्फ लागेका हुन् ।
कुशल डेजर्ट भाईपर्समा अनुबन्ध भएका छन् भने दीपेन्द्रले गल्फ जायन्ट्सबाट खेल्नेछन् ।
शनिबारबाट हुने लिगमा कुशलको टोलीको पहिलो खेल आइतबार अबुधाबी नाइट राईडर्ससँग छ ।
दीपेन्द्रआबद्ध टोलीको पहिलो खेल पनि आइतबार नै शारजहा वारियर्ससँग छ ।
यस लिगमा कुशलको पहिलो सहभागिता हो । दीपेन्द्र भने गत संस्करणमा नै अनुबन्ध भएपनि कुनै खेलमा खेल्ने मौका पाएका थिएनन् ।
Facebook Comment
Comment