एनकेएल खेल्न नेपाल आइपुगे ३ श्रीलङ्कन खेलाडी

नेपालभ्युज

एनकेएल खेल्न नेपाल आइपुगे ३ श्रीलङ्कन खेलाडी

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि श्रीलङ्काबाट तीन खेलाडी आएका छन् ।

श्रीलङ्काका अहन्गामा पोलवाथा गालापाथिगे, लक्ष्ममोहन थानुसान र दिलान सन्जय काठमाडौं आइपुगेका हुन् ।

थानुसन र सन्जय जनकपुर नाइट्सबाट खेल्दैछन् । गालापाथिगेले भने एनकेएलमा धनगढी वाइल्डक्याट्सबाट खेल्ने छन् ।

फ्रेन्चाइज टिमको प्रतियोगिता एनकेएलको पहिलो संस्करण माघ ४ गतेदेखि १८ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ । यसमा विदेशी १८ खेलाडी सहभागी हुँदैछन्, जसमा थाइल्यान्डका ६, बङ्गलादेशका ६, श्रीलङ्काका ३ र केन्याका ३ खेलाडी छन् ।

एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित फ्रेन्चाइज प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले खेल्दैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved