आज पनि बढ्यो सुनचाँदीको मूल्य

नेपालभ्युज

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो । बिहीबार पनि सुनको मूल्य ८०० रुपैयाँले नै बढेको थियो ।

आज छापावाल सुन प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि थोरै बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेको हो ।

आज चाँदी तोलामा १ हजार ८४५ रुपैयाँले कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved