लस एन्जलसको आगलागी अन्य क्षेत्रसम्म फैलियो, मृत्यु हुनेको सङ्ख्या बढ्यो

नेपालभ्युज

लस एन्जलसको आगलागी अन्य क्षेत्रसम्म फैलियो, मृत्यु हुनेको सङ्ख्या बढ्यो

काठमाडौं । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो लगातार बढिरहेको छ । आगलागीबाट मृत्यु हुनेको सङ्ख्यासमेत बढेको छ ।

लस एन्जलसको फायर डिपार्टमेन्टका प्रमुख क्रिस्टन क्राउलीले पालिसेड्समा भएको आगलागीमा परी दुई जनाको मृत्यु भएको जानकारी दिए । यससँगै हालसम्म सात जनाको मृत्यु भइसकेको छ ।

यसअघि इटनमा आगलागीका कारण पाँच जनाको मृत्यु भएको जानकारी आएको थियो ।

लस एन्जलसका मेयर करेन बासले पश्चिमी पहाडमा पनि आगलागी सुरु भएको र तीव्र हावाका कारण यो आगो तीव्र गतिमा फैलिन सक्ने बताएकी छिन् ।

उनले प्रशासनको आदेशको पालना गरी स्थान खाली गर्न सर्वसाधारणलाई आग्रह गरेकी छिन् ।

पालिसेड्सको आगलागी १९ हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको क्राउलीले बताए । जसका कारण ५३ सयभन्दा बढी घर र भवन ध्वस्त भएका छन् ।

आगलागी विभागका प्रमुखले भेन्टुरा काउन्टीमा नयाँ आगलागी सुरु भएको बताए । आगो ५० एकड क्षेत्रफलमा फैलिएको छ । यसलाई निभाउन ६० भन्दा बढी दमकल परिचालन गरिएको छ ।

भेन्टुरा काउन्टीबाहेक केनेथमा पनि आगलागी सुरु भएको छ, जुन ८०० एकड क्षेत्रफलमा फैलिएको छ ।

आगलागीका कारण कैयौं परिवारले आफ्नो घर गुमाएका छन् । आगलागीबाट धेरै सवारीसाधनमा पनि क्षति पुगेको छ ।

लस एन्जलसको आगलागीले अहिले अन्य क्षेत्रलाई पनि सखाप पारेको छ । दमकलको सहायताले आगो निभाउने प्रयास गरिरहेको छ ।

-बीबीसीको सहयोगमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved