संविधान संशोधनका नाममा जनतालाई झुक्याउने प्रयास भइरहेको छ : भीम रावल

नेपालभ्युज

संविधान संशोधनका नाममा जनतालाई झुक्याउने प्रयास भइरहेको छ : भीम रावल

काठमाडौं । नेता भीम रावलले संविधान संशोधनका नाममा जनतालाई झुक्याउने प्रयास भइरहेको बताएका छन् ।

राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले संविधान संशोधनका लागि भन्दै सरकार बनाउने र संशोधनको काम भने २०८७ सालमा गर्ने तयारीले जनतालाई झुक्याउने काम भएको बताएका हुन् ।

उनले जनताको आँखामा पट्टी लगाएर आफू मात्र सर्वज्ञाता बन्न खोज्ने देशको शासक हुन नसक्ने धारणा राखे । रावलले सरकार सञ्चालन गर्ने र महत्वपूर्ण पदमा बस्नेहरुले देशलाई आफ्नो हित अनुकूल प्रयोग गरेको आरोपसमेत लगाए ।

उनले देशभक्तको बलिदानको आडमा भ्रष्टाचारको खेतीहरु मौलाइरहेको भन्दै देशभक्तले मुलुकमा स्थापीत गरेको जगलाई भत्कन नदिन एक भइ डटेर सामना गर्नुपर्ने धारणा राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved