ओपनएआईका सीईओ सामलाई आफ्नै बहिनीले लगाइन् यौन शोषणको आरोप

नेपालभ्युज

ओपनएआईका सीईओ सामलाई आफ्नै बहिनीले लगाइन् यौन शोषणको आरोप

काठमाडौं । ओपनएआईका सीईओ साम अल्टम्यानलाई यौन शोषणको आरोप लागेको छ ।

आफ्नै बहिनी ३१ वर्षीया एन ओल्टम्यानले सो आरोप लगाएकी हुन् ।

उनले दाइ अल्टम्यानविरुद्ध मिसौरीमा मुद्दा दर्ता गरेको न्यूओर्क टाइम्सले जनाएको छ ।

आफू ३ वर्षको हुँदा देखि नै दाइले दुर्व्यवहार गर्न सुरु गरेको एनको दाबी छ ।

उनले अभियोगमा पत्रमा भनेकी छन्, ‘दाइले धेरै वर्षदेखि ममाथि यौन कार्यहरू गर्नुभयो, जसमा बलात्कार, यौन दुर्व्यवहार, छेडछाड, यौन शोषण समावेश छ ।’

सामले भने आरोप अस्वीकार गरेका छन् ।

ओपनएआईको च्याटजीपीटी प्लेटफर्म विश्वको सबैभन्दा धेरै प्रयोग हुने वेबसाइटमध्ये एक बन्न थालेपछि अल्टम्यान हालका वर्षहरूमा धेरै लोकप्रिय भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved