दिदी बहिनी मृत्यु प्रकरणमा आमा पक्राउ

नेपालभ्युज

दिदी बहिनी मृत्यु प्रकरणमा आमा पक्राउ

सल्यान । सल्यानमा दिदीबहिनी घरभित्रै मृत अवस्थामा भेटिएको घटनामा प्रहरीले आमालाई नियन्त्रणमा लिएको छ ।

कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना मृत फेला परेपछि हत्या आशङ्कामा उनीहरुकै आमा २६ वर्षीया पूर्णिमा रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्वास्थ्यमा कुनै समस्या नरहेका उनीहरू मृत अवस्थामा फेला परेपछि आमाबाट नै घटना घटेको हुनसक्ने आशङ्काले प्रहरीले पूर्णिमालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनीहरुका बाबु टेकमान राना रोजगारीका सिलसिलामा नुवाकोटमा रहेको र घरमा छोरीहरूसँग आमा पुर्णिमा मात्रै रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved