जय ट्रफी

बागमती पहिलो इनिङ्समा १५२ रनले पछाडि

नेपालभ्युज

बागमती पहिलो इनिङ्समा १५२ रनले पछाडि

काठमाडौं । जय ट्रफी एलिट कपमा त्रिभुवन आर्मी क्लबविरुद्धको पहिलो दिनको खेल सकिँदामा बागमती प्रदेशले १२४ रन बनाएको छ ।

जनकपुरस्थित रामजानकी मल्टिपर्पस स्टेडियममा भएको खेलमा बागमतीले २२ ओभरमा ५ विकेटको क्षतिमा  १२४ रन बनाएको हो । बागमती आर्मीभन्दा १५२ रनले पछाडि छ ।

बागमतीका लागि शुभ कंशकारले ३४, उत्तम मगरले २८, रित गौतमले २१, आशुतोष घिरैयाले ११ रन बनाए । इशान पाण्डे शून्यमा आउट भए ।

विपिन आचार्य र नन्दन यादव क्रमश: १ र १८ रनमा अविजित छन् ।

आर्मीका लागि आकाश चन्दले ३ तथा सोमपाल कामीले २ विकेट लिए ।

इमरान र बसिरको अर्धशतक, आर्मी उच्च स्कोरतर्फ

यसअघि त्रिभुवन आर्मी क्लबले आफ्नो पहिलो इनिङ्समा पूरै ६० ओभर खेलेर ५ विकेटको क्षतिमा २७६ रन बनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved