सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीको बहस सकियो, जाहेरवालाको जारी

नेपालभ्युज

सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीको बहस सकियो, जाहेरवालाको जारी
फाइल तस्वीर ।

काठमाडौं । जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीतर्फका वकिलको बहस सकिएको छ ।

केही समयअघि रास्वपाका सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको अदालत स्रोतले बताएको छ ।

प्रतिवादीका तर्फबाट वकिलहरु रामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरेका थिए ।

त्यो सकिएलगत्तै न्यायाधीश नितिज राईको इजलासमा जाहेरवालाको तर्फबाट बहस सुरु भएको अदालत स्रोतले जनाएको छ । उनीहरुको बहस सकिएपछि सरकारी वकिलको पालो आउनेछ ।

सरकारी वकिलको बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश दिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved