जय ट्रफी

इमरान र बसिरको अर्धशतक, आर्मी उच्च स्कोरतर्फ

नेपालभ्युज

इमरान र बसिरको अर्धशतक, आर्मी उच्च स्कोरतर्फ
तस्वीर - क्यान

काठमाडौं । जय ट्रफी एलिट क्रिकेट कपमा बागमती क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबले पहिलो इनिङ्समा २७६ रन बनाएको छ ।

जनकपुरधामको रामजानकी मल्टीपर्पस स्टेडियममा पहिलो दिनको खेलमा आर्मीले पूरै ६० ओभर खेलेर ५ विकेटको क्षतिमा २७६ रन बनाएको हो ।

आर्मीका लागि इमरान शेख र बसिर अहमदले अर्धशतकीय पारी खेले । इमरानले १०४ बलमा ७२ रन बनाए । सो क्रममा उनले ११ चौका प्रहार गरे ।

बसिर अहमदले अविजित ५३ रन बनाए । त्रित राज दासले ७८ बलमा ६ चौका प्रहार गर्दै ४४ रन बनाए । कुशल मल्ल ३५ रनमा अविजित रहे ।

बागमतीका लागि विपिन आचार्यले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए ।

टस जितेर बागमतीले पहिले बलिङ रोजेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved