सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपालभ्युज

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान छत्रेश्वरी गाउँपालिका–१ भालुमारेदेखि मयानी जाँदै गरेको लु प्र ०२०० त ००१२ नम्बरको ट्याक्टर मयानी नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी छत्रेश्वरी गाउँपालिका १ मयानीका अन्दाजी ४९ वर्षीय क्षेत्र बहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिए ।

उनकाअनुसार भालुमारेबाट कम्पोष्ट मल लिएर मयानी जाने क्रममा ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर चालक भने फरार भएको र खोजी कार्य भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved