सङ्खुवासभाको मकालु क्षेत्रमा वर्षापछि हिमपात, जनजीवन प्रभावित

नेपालभ्युज

सङ्खुवासभाको मकालु क्षेत्रमा वर्षापछि हिमपात, जनजीवन प्रभावित
मकालु हिमाल (फाइल तस्वीर) ।

किमाथाङ्का । सङ्खुवासभाको माथिल्लो क्षेत्रमा वर्षापछि हिमपात हुँदा जनजीवन प्रविभात भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास मंगलबार रातिदेखि हिमपात भएको स्थानीय आङकाञ्जु शेर्पाले बताए ।

उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । अहिले पनि सो क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका जनाइएको छ । –रासस

पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved