लस एन्जलसको जंगलमा लागेको आगो तीव्र गतिमा फैलँदै, हजारौँ मानिस घर छोडेर भागे

नेपालभ्युज

लस एन्जलसको जंगलमा लागेको आगो तीव्र गतिमा फैलँदै, हजारौँ मानिस घर छोडेर भागे

काठमाडौं । अमेरिकाको लस एन्जलसस्थित जंगलमा लागेको आगो तीव्र गतिमा फैलिँदै गएको छ । २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी बुधबार बिहान केही घण्टामै १२ सय एकडमा फैलिएको छ ।

दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको बताएका छन् । यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा रहेको बीबीसीको समाचारमा उल्लेख छ ।

केही भिडियो फुटेजमा प्यासिफिक पालिसेड र त्यस नजिकका क्षेत्रहरूबाट बाक्लो धुवाँ निस्किरहेको देख्न सकिन्छ । जहाँ मानिसहरू आफ्नो घर र सवारीसाधन छोडेर भागेको देखिन्छ ।

आगलागी अझै फैलन सक्ने भन्दै क्यालिफोर्नियामा लाखौँ मानिसका लागि चेतावनी जारी गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved