पीएम कपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने

नेपालभ्युज

पीएम कपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने

काठमाडौं। महिला प्रधानमन्त्री कप (पीएम कप) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

सोमबार नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता धनगढीस्थित फाफ्ला क्रिकेट मैदानमा आयोजना गरिनेछ ।

खेलतालिकाअनुसार प्रतियोगिता १४ जनवरी देखि २५ जनवरीसम्म हुनेछ । उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशबीच प्रतिस्तपर्धा हुनेछ ।

 

सुदूरपश्चिम र गण्डकीसहित त्रिभुवन आर्मी, एपिएफ, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र मधेस प्रदेशले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा भएका ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

सुदूरपश्चिम र गण्डकीसँगै एपिएफ, कर्णाली र लुम्बिनी समुह १ मा छन्। समूह २ मा आर्मी, मधेस, कोशी र बागमती छन्।

खेल तालिका:

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved