डाक्नेश्वरी-१ का नवनिर्वाचित वडाध्यक्ष साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

नेपालभ्युज

डाक्नेश्वरी-१ का नवनिर्वाचित वडाध्यक्ष साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

अदालतका न्यायाधीश दीपक धितालको एकल इजलासले साहसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

यस्तै अदालतले अर्का आरोपी राजनारायण साहलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

साह मंसिर २० गते शपथ ग्रहण समारोहबाटै पक्राउ परेका थिए ।

साहसहित ६ जनाविरुद्ध जबरजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति बेपत्ता  सम्बन्धी   मुद्दा दर्ता भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved