काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको दोस्रो दिन मधेस प्रदेशविरुद्ध बागमती प्रदेश १५० रनमा अलआउट भएको छ ।
जनकपुरस्थित रामजानकी मल्टिपर्पस स्टेडियममा जारी खेलमा बागमती पहिलो इनिङ्स ३४.५ ओभरमा १५० रनमा अलआउट भएको हो ।
यससँगै खेलमा बागमतीले ४८ रनको अग्रता लिएको छ ।
बागमतीका लागि नन्दन यादवले ४७ रन बनाए । उनले ५५ बलमा ६ चौका र १ छक्का प्रहार गरे । शुभ कंशकारले ३५ रन बनाए । सन्दीप लामिछानेले ३३ रन बनाए । रिजन ढकाल भने १३ रनमा अविजित रहे ।
मधेसका लागि भने रुपेश सिंह र अभिषेक तिवारीले ४–४ विकेट लिए । सो क्रममा रुपेशले १० ओभरमा ३२ रन खर्चे । उनले ३ मेडन ओभर फाले । अभिषेकले ६.५ ओभरमा २५ रन खर्चे । उनले १ मेडन ओभर फाले ।
यसका साथ दुबै टोलीको पहिलो इनिङ्स सकिएको छ ।
अहिले मधेसले ब्याटिङ गरिरहेको छ ।
जय ट्रफी : पहिलो दिनको खेल सकिँदा मधेसविरुद्ध बागमती सहज स्थितिमा
Facebook Comment
Comment