काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको दोस्रो दिन त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लब १२५ रनमा अलआउट भएको छ ।
वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा पुलिस आफ्नो पहिलो इनिङ्समा ३३.१ ओभरमा १२५ रनमा अलआउट भएको हो ।
पलिसका गुल्शन झाले ४७ रन बनाए । उनले ५४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अमित श्रेष्ठले १८, राशिद खानले १६, शंकर राणाले १३ रन तथता प्रेम तामाङ र दिलिप नाथले १०–१० रन बनाए ।
दोस्रो दिन आर्मीका लागि साहब आलमले ३ विकेट लिए । उनले ३३.३ ओभरमा गुल्शन। ३१.३ ओभरमा सन्तोष यादवलाई आउट गरे । ३३.१
ओभरमा उनले प्रेम तामाङलाई आउट गरे । यससँगै आलमले पहिलो दिनमा ५ र दोस्रो दिनमा ३ गरी कुल ८ विकेट लिए ।
पहिलो दिन आर्मीका लागि सोमपाल कामी र पवन कार्कीले १–१ विकेट लिएका थिए ।
आर्मीविरूद्ध पुलिसले बनायो १०३ रन, साहबको फाइफर
Facebook Comment
Comment