आर्मीविरूद्ध पुलिसले बनायो १०३ रन, साहबको फाइफर

नेपालभ्युज

आर्मीविरूद्ध पुलिसले बनायो १०३ रन, साहबको फाइफर

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको पहिलो दिनको खेल सकिँदा नेपाल पुलिस क्लबले १०३ रन बनाएको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आइतबार सुरु भएको खेलको तेस्रो सेसन सकिँदा पुलिसले २४ ओभरमा ७ विकेटको क्षतिमा १०३ रन बनाएको हो ।

पुलिसका लागि गुल्शन झा ३४ र प्रेम तामाङ १ रनमा अविजित छन् । यसअघि अमित श्रेष्ठले १८, राशिद खानले १६, शङ्कर राणाले १३ र दिलिप नाथले १० रन बनाए ।

अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।

त्रिभुवन आर्मी क्लबका लागि साहब आलमले फाइफर पूरा गरेका छन् । उनले ११ ओभरमा ५५ रन खर्चेर ५ विकेट लिए । सो क्रममा उनले १ मेडन ओभर पनि बलिङ गरेका छन् ।

यस्तै, सोमपाल कामी र पवन कार्कीले १–१ विकेट लिए ।

यसअघि पहिलो इनिङ्समा आर्मी ३४.४ ओभरमा १२१ रनमा अलआउट भएको थियो ।

आर्मीका लागि कुशल मल्लले २५, भीम सार्कीले २२, र कप्तान विनोद भण्डारीले २१ रन बनाए । बसिर अहमदले १२ र साहब आलमले ११ रन बनाए ।

पुलिसका लागि ललित राजवंशीले ७ विकेट लिए । उनले १४.४ ओभरमा ४७ रन खर्चेर ७ विकेट लिए । सो क्रममा उनले ४ मेडन ओभर लिएका थिए ।

कुशल भूर्तेल, सर्वन यादव र राशिद खानले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved