काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा पहिलो दिनको खेल सकिँदा मधेस प्रदेशविरुद्ध बागमती प्रदेश सहज स्थितिमा छ ।
रामजानकी मल्टिपर्पस स्टेडियममा आइतबारदेखि सुरु भएको पहिलो दिनको तेस्रो सेसन सकिँदा बागमतीले १३ ओभरमा २ विकेटको क्षतिमा ३४ रन बनाएको छ ।
बागमतीका लागि शुभ कंशकार २२ र इशान पाण्डे ९ रनमा अविजित छन् । यसअघि रित गौतम ३ रन र आशुतोष घिरैया शून्यमा आउट भए ।
मधेसका लागि रुपेश सिंह र विशाल पटेलले १–१ विकेट लिएका छन् ।
यसअघि पहिलो इनिङ्समा मधेस ३५.३ ओभरमा १०२ रन बनाएर अलआउट भएको थियो ।
बागमतीका लागि मयन यादवले २१, विशाल पटेलले १६, निरज यादवले १२, र हिमान्शु दत्तले १० रन बनाए । अभिषेक तिवारी १० रनमा अविजित रहे ।
अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।
बागमतीका लागि कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । उनले १४ ओभरमा ४१ रन खर्चे । सो क्रममा उनले २ मेडन ओभर फाले ।
यस्तै, सूर्य तामाङले ३ विकेट लिए । नन्दन यादव र प्रतिश जिसीले १–१ विकेट लिए ।
Facebook Comment
Comment